सूचनाको हककोलागि वडा सञ्जाल विस्तार
पाेखरा | मंसिर ११, २०७९
पोखरा: सूचनाको हकका लागि पोखरा महानगरको वडा सञ्जाल विस्तार अभियान अन्तर्गत ६ नं वडा सञ्जाल विस्तार एव प्रशिक्षण कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले वडाभित्र भए गरेका सार्वजनिक काम कार्यको सूचना माग्न आउने जो कोहीलाई पनि सूचना दिन वडा सधैं तत्पर रहेको र यसले वडाका जनप्रतिनिधिहरूलाई जनताप्रति उत्तरदायी रहन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा खुशी व्यक्त गरे ।
वर्तमान राजनिति परिवर्तनको राजनिति भएकाले समाज र राष्ट्र भ्रष्टचार मूक्त अभियान तर्फ उन्मुख रहेको बताउदै अध्यक्ष भट्टराईले सूचनाको हकले समग्र नेतृत्व पंतिलाई नै खबरदारी गरिरहेकोमा अभियन्ताहरूको प्रशंसा समेत गरेका थिए ।
सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका उपाध्यक्ष शिवराज बस्ताकोटी शिव दाईले वडा नं ६ का टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सूचनाको हक सम्बन्धि प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा महिला वडा सदस्य पवित्रा थापा, टोल विकास संस्थाका प्रतिनिधिहरू जुना अधिकारी र सुशिला वाग्लेले सूचनाको हकको विषयमा बोलेका थिए ।
सञ्जालले दुर्गा प्रसाद तिमिल्सीनाको संयोजकत्वमा १६ सदस्यीय वडा सञ्जाल समेत गठन गरेको छ । नव गठित सञ्जालमा माधव पहारी, भिष्मा नेपाली, बुद्धिनाथ पाण्डे, रामेश्वर न्यौपाने, सुशिला वाग्ले, रेणु लामिछाने, जुना अधिकारी, नविन त्रिपाठी, आविस्कार तिमिल्सिना, कबिन नेपाली, शंकर तिवारी, मुक्तिराज रेग्मी, पशुपति तिमिल्सिना, दिलिप आचार्य, बिष्णु देवकोटा र धनेश थापा रहेका छन ।
सूचनाको हकका लागि पोखरा महानगरका अध्यक्ष अनिल थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिका आचार्य सुवेदी र कार्यक्रम सञ्चालन संस्थाका सचिव सागर कार्कीले गरेका थिए ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

